अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि भएको चुनावमा पराजित भएपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक रूपमा सम्बोधन गरेका छन्।
तर उनको भाषण कोरोना भाइरसको संक्रमण र यसविरुद्ध खोपको विषयमा केन्द्रित रहेको बीबीसीले जनाएको छ।
आफ्नो सम्बोधनमार्फत उनले कोरोनाविरुद्ध खोप तयार पार्ने, वितरण गर्ने र उपचार गर्नेबारे जानकारी दिए।
राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितिसकेका छन्, तर ट्रम्पले अझै आफ्नो हार स्वीकार गरिरहेका छैनन्।
याे पनि : ट्रम्पको आरोप झुटो, चुनाव एकदमै सुरक्षित : अमेरिकी निर्वाचन अधिकारी
उनले कोरोनाविरुद्ध विकास गरिएको अपरेसन वार्प स्पिड सफल भएको जिकिर पनि गरे।
साथै ट्रम्पले फेरि एकपटक कोरोना भाइरसलाई चाइना भाइरस भने। उनले यो पनि स्पष्ट पारे कि आफ्नो प्रशासनले नयाँ लकडाउन गर्दैन।
प्रतिक्रिया