ad ad

छापा खबर


ललितपुरको हरिसिद्धिमा खोलाको जग्गा ३५ जनाको नाममा दर्ता, अख्तियारले सुरु गर्‍यो अनुसन्धान

ललितपुरको हरिसिद्धिमा खोलाको जग्गा ३५ जनाको नाममा दर्ता, अख्तियारले सुरु गर्‍यो अनुसन्धान

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १:३२,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ।

खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो।

उजुरीपछि आयोगले अनुसन्धान सुरु गरेको खबर आजको गोखापत्र दैनिकमा नारद गौतमले लेखेका छन्।

सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिए।

आयोगले सार्वजनिक बिदा र बाटोको म्यादबाहेक सात दिनभित्र टङ्गालस्थित आयोगको केन्द्रीय कार्यालयमा हाजिर हुन म्याद दिँदै कात्तिक २७ गते सूचना जारी गरेपछि जग्गाधनीहरू तनावमा परेका छन्।

एक अनुसन्धान अधिकृतका अनुसार केही जग्गाधनीले आयोगमा आएर आफ्नो वास्तविकताको जानकारी दिएका छन् । सुरुमा कमाउने धेरै त आफ्नो जग्गा बचेर हिँडिसकेका छन् भने नयाँ किन्ने जग्गा धनी अहिले बिनाकारण तनावमा परेका छन्।

आयोगले एपेक्स कलेज प्रालि र युरो हाउजिङ डेभलपर्स प्रालि दुई संस्थालाई हाजिर हुन बोलाएको छ । अन्य जग्गाधनीहरूमा अञ्जनादेवी मिश्र, अरुणा झा, कुमारी कञ्चन शाह, गोपाल तिमल्सिना, ज्योत्सना जोशी, तीर्थबहादुर कार्की, त्रिलोकराज शाक्य, देवनारायण तिमल्सिना, नारानदेवी मानन्धर, निर्मला शाक्य, पूर्णगोविन्द लाखे श्रेष्ठ, विजयबहादुर राजभण्डारी, बिरोदेवी यादव छन्।

यसैगरी भुवनेश्वरी पराजुली, पङ्कज पराजुली, मीनाकुमारी कार्की राउत, रश्मी महर्जन, राजेन्द्रप्रसाद रुपाखेती, राज्यलक्ष्मी अमात्य, रामदुलारीदेवी साह, राममाया महर्जन, रूपा श्रेष्ठ, लोकबहादुर डङ्गोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, सुशील मानन्धर, सरिताकुमारी ठाकुर, सीता मानन्धर, सुनील मानन्धर, सुरेन्द्रकुमार मण्डल, सोनिया पोख्रेल र नर्मदा उपाध्याय शर्माले पनि उक्त जग्गा खरिद गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .