राजनीति


बालुवाटारमा नेकपा सचिवालय बैठक, नौ जना नै उपस्थित

बालुवाटारमा नेकपा सचिवालय बैठक, नौ जना नै उपस्थित

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १०:३१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

शुक्ररबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सचिवालयका सबै सदस्य उपस्थित रहेका छन्।

४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओलीले आउन आधा घण्टा ढिला गरेपछि साढे ४ बजेबाट सुरु भएको एक नेताले बताए।

पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको समयमा ३९ दिनपछि बसेको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीभित्र देखिएक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग धारणा माग गर्ने सम्भावना रहेको स्रोतले बताएको छ। त्यसैगरी स्थायी कमिटीको बैठक राख्ने प्रस्ताव पनि आउन सक्ने सम्भावना रहेको छ।

Image

भदौ २६ को स्थायी कमिटीको बैठकले सहमतिका विभिन्न प्रस्तावहरु पारित गरे पनि त्यो कार्यान्वयन हुन नसकेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको हो। स्थायी समितिका निर्णय कार्यान्वयनमा हुन नसकेको विषयमा एक पक्षले अर्कोमाथि दोष दिँदै आएका छन्।

याे पनि  :  ओली र प्रचण्ड–नेपाल फेरि आमने सामने

नौ सदस्यीय सचिवालयका  प्रचण्ड, नेपालसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक समूहमा छन् भने प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल एकातर्फ रहेका छन्।

बैठक बस्ने विषयमा समेत नेकपामा ठूलै विवाद हुँदै  आएकाे छ।  कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालयका सदस्यले गत शनिबार बैठक राख्ने विषयमा सहमतिमा आउन प्रधानमन्त्री ओलीलाई लिखित रुपमा आग्रह गरेका थिए। दुई पान्नाको सो पत्रमा बैठकमा छलफल गर्नुपर्ने विषय राखिएको थियो। पत्रमा प्रधानमन्त्री ओलीले पार्टी नभई गुट चलाएको आरोपसमेत लगाइएको थियो।

प्रधानमन्त्री ओलीले बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डलाई  लामो प्रतिउत्तर पठाएका छन्। जसको सार आफूले नभई कार्यकारी अध्यक्षले नै गुटबन्दी गरेको उनको आरोप छ।

बैठक बोलाउन आनाकानी गरेको भन्दै  प्रचण्ड-नेपाल समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन वटा अनौपचारिक बैठक राखेका थिए। प्रधानमन्त्री ओलीले सहमति नभई बैठक राखे पार्टी विभाजनको सुरुवात हुने चेतावनी दिएका थिए। 

याे पनि : समान हैसियत हुँदाहुँदै ओलीलाई एक नम्बर अध्यक्ष मानिदिनु मेरो कमजोरी भयोः प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad