युवा गायक तथा गीतकार लेखु सहयात्रीको प्रेम समर्पणको भाव भल्किने ‘जनम जनम’ गीतको भिडियो सार्वजनिक भएको छ। बिहीबार भावसागर इन्टरटेन्मेन्टबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
सहयात्रीले गीतको सन्दर्भमा सबैजनाबाट राम्रो प्रतिक्रिया पाइरहेका बताए। उनले भने, ‘गीत त धेरै लेखेको छु । तर पछिल्लो समय गायनमा सक्रिय हुँदै गर्दा सकारात्मक प्रतिक्रिया र स्यावासीले थप हौसला मिलेको छ ।’
अम्बिका गुरुङको शब्दमा पुरूषोत्तम सुबेदीले संगीत भरेका हुन्। गीतमा फडेन्द्र राइको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको छ ।
पछिल्लो समय चर्चित नायिका पूजा शर्मा र आकाश श्रेष्ठको प्रेम सम्बन्ध झाङ्गिदै गएको समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भइरहेकै छन्। त्यही कारण हुनसक्छ प्रेम समर्पणको भाव समेटिएको गीत ‘जनम जनम’ मा यो जोडीको अभिनय गज्जव खुलेको छ ।
बुद्ध थापाको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् ।
भिडियो –
Shares

प्रतिक्रिया