नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार १११ जनामा कोरोना पुष्टि भएको हो।
याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ।
त्यस्तै पछिल्ले २४ घण्टामा थप ३ हजार ५३७ जना निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ।
मनत्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।
51
Shares

प्रतिक्रिया