समाज


आफूलाई यौन सम्पर्क गर्न बाध्य पारेको भन्दै जसले पारिन् सहकर्मी डाक्टरलाई टुक्राटुक्रा, सुनाइयो मृत्युदण्डको सजाय

आफूलाई यौन सम्पर्क गर्न बाध्य पारेको भन्दै जसले पारिन् सहकर्मी डाक्टरलाई टुक्राटुक्रा, सुनाइयो मृत्युदण्डको सजाय

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ३:३५,

चीनमा आफूलाई यौन सम्पर्क गर्न बाध्य पारेको रिसमा सहकर्मी डाक्टरलाई काटेर टुक्राटुक्रा पारेको कसुरमा एक नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

आफू कार्यरत युलिन पिपल्स अस्पतालका अर्थोपेडिक्स उपप्रमुख लुओ युआनजियानलाई मारेको मुद्दामा २५ वर्षीया नर्स ली फेङपिङलाई मृत्युदण्डको सजाय सुनाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

स्रोतका अनुसार नर्स लीलाई जुवा खेल्ने लत लागेको थियो। त्यसैका लागि उनले सहकर्मी ती डाक्टरसँग पैसा सापट लिएकी थिइन्। त्यही तिर्न नसकेपछि ती डाक्टरले आफूलाई हप्तामा तीनपटक यौन सम्पर्क बाध्य बनाएको नर्सले बताएकी छन्।

तर त्यो कुरा मन नपरेकाले उनले डाक्टरको हत्या गरेको चीनका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै मिररडटकमले जनाएको छ।

घटना उनीहरू कार्यरत युलिन पिपल्स अस्पतालपछाडि रहेको ती नर्स बस्ने भाडाको घरमा गत मार्च २३ तारिख दिन भएको हो।

चिनियाँ प्रहरीका अनुसार नर्स लीले डाक्टरको हत्या गरी शरीरका केही अंगलाई पकाएर ट्वाइलेटमा समेत हालेकी प्रहरीले लीको घरबाट डाक्टरको टुक्राटुक्रा पारेको शव निकालेको थियो।

उक्त कसुरमा नर्स लीलाई मृत्युदण्डको सजायका साथै ११ हजार पाउन्ड जरिवानासमेतको फैसला भएको राज्य सञ्चालित पत्रिका सोहुले उल्लेख गरेको छ। तर मृत्युदण्ड कहिले दिइन्छ, स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad