राजनीति


ट्रम्प दम्पती नै भन्छन् : बाइडेन विजयी भएको कुरा हामी मान्दैनौं

ट्रम्प दम्पती नै भन्छन् : बाइडेन विजयी भएको कुरा हामी मान्दैनौं

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १:३,

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया दुवैले चुनावको मत परिणाम अस्वीकार गरेका छन्।

केही मिनेटको अन्तरमा ट्विट गर्दै उनीहरूले जो बाइडेन विजयी भएको कुरा अस्वीकार गरेका हुन्।

आइतबार ट्रम्पले ट्विट गरेका छन्, ‘मिडियाले कहिलेदेखि हाम्रो अर्काे राष्ट्रपति को हुन्छ भन्न थाले। बितेका दुई हप्तामा सबै कुरा सिक्यौं।’ 

यसको केही मिनेटअघि मात्र उनकी पत्नी मेलिनियाले पनि ट्विट गरेकी थिइन्। जसमा लेखेकी छन्, ‘अमेरिक नागरिक निष्पक्ष चुनाव चाहन्छन्। अवैध होइन, वैध भोट मात्र गन्न आवश्यक छ। हामीले हाम्रो लोकतन्त्र रक्षा पारदर्शी ढंगले गर्नुपर्छ।’ 

बाइडेनले स्पष्ट बहुमत ल्याइसकेका भए पनि ट्रम्पले कतिपय राज्यमा चुनावमा धाँधली भएको भन्दै पुनः मत गणनाको माग गरिरहेका छन्। उनको टोलीले अदालतमा मुद्दासमेत हालेका छन्।

तर बाइडेनलाई विश्वभरबाट बधाई दिने क्रम जारी छ। अमेरिकाको चुनावको अन्तिम नतिजाकाे औपचारिक घोषणा गर्न भने बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad