समाज


‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १:२,

दुर्घटना न्यूनिकरणका लागि नवलपरासी पूर्वमा ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरिएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राजमार्ग तथा शहरी क्षेत्र केन्द्रित गरी चालकसँग एक मिनेट कार्यक्रम शुरु गरिएको हो।

राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाले बताए।

गण्डकी प्रदेश भरी नै चालकसँग एक मिनेट कार्यक्रम आइतबारबाट एकैसाथ शुरु गरिएको उनको भनाई छ। ‘गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम शुरु गरेका छौँ। पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने।

‘पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट शुरु गरी ट्राफिक नियमका बारेमा जानकारी प्रदान गरिनेछ’ थापाले भने, ‘अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ।’

एक मिनेटमा सवारीसाधन चलाउँदा अनिवार्य रूपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता लगाउन आग्रह गर्ने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad