खेल


सन्दीप लामिछाने सम्मिलित दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा

सन्दीप लामिछाने सम्मिलित दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १:२०,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान बनाएको छ।

आइतबारा राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलोपटक उपाधि नजिक पुगेको हो।

दिल्लीले उपाधिका लागि मगंलबार मुम्बई इन्डियन्ससँग खेल्नेछ। दिल्लीले पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएको थियो।

दिल्लीले दिएको १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा १ सय ७२ रन मात्र जोड्न सक्यो। केन विलियम्सनले सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४५ बलमा ५ चौका र ४ छक्का हाने।

चौथो विकेटका लागि केन विलियम्सन र जेसन होल्डरले ४६ रनको महत्वपूर्ण साझेदारी गरे। होल्डर ११ रनमा क्याच आउट भए। अब्दुल सामद ३३ रनमा पवेलियन फर्के। राशिद खान ११ रनमा क्याच आउट भए।

दिल्लीका लागि कसिलो बलिङ गरेका कागिसो रबाडाले सर्वाधिक आफ्नो स्पेलमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्कस स्टोइनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रनको योगफल तयार पारेको थियो।

ओपनर मार्कस स्टोइनिस र शिखर धवनले पहिलो विकेटका लागि ६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। ओपनर शिखर धवनले सर्वाधिक ७ रनको योगदान दिए। धवनले ५० बलमा ६ चौका र २ छक्का हाने। स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडे।

दोस्रो विकेटका लागि धवन र कप्तान श्रेयस ऐरले ४० रनको साझेदारी गरे। ऐर २१ रनमा पवेलियन फर्के। तेस्रो विकेटका लागि धवन र हेटमायरले ५२ रनको साझेदारी गरे। सिम्रन हेटमेयर ४२ रनमा अविजित रहे। उनले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

हैदराबादका लागि जेसन होल्डर निकै महँगा साबित भए। उनले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट झारे। रासिद खानले २६ रन खर्चेर १ विकेट लिए। सन्दीप शर्माले ३० रन खर्चेर १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad