अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएको बताएका छन्।
केही बेरअघि गरेको सम्बोधनमा उनले भने, ‘अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन्। यो जित तपाईंहरूको हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति भोट अहिलेसम्म कसैले (अमेरिकाको इतिहासमा) पाएका थिएनन्।’
उनले अगाडि भने, ‘तपाईंहरूले मप्रति विश्वास गर्नुभयो। यसलाई म विनम्रतापूर्वक स्वीकार गर्छु। म सबैलाई साथमा लिएर अघि बढ्छु। म अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन दिन्नँ। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म सबैसँग मिलेर काम गर्छु। म यस मुलुकको मेरुदण्डलाई फेरि उठाउँछु।’
याे पनि :
मेरो पहिलो काम कोरोना महामारी नियन्त्रण, भोलि नै वैज्ञानिक टोली बनाउँछु: बाइडेन
पराजित ट्रम्पका समर्थकलाई विजयी बाइडेनले भने : मलाई भोट नदिने तपाईंहरूका लागि पनि म उति नै काम गर्छु
जो बाइडेनको पहिलो सम्बोधन (भिडिओ)
अमेरिकाको राष्ट्रपति चुनावमा विजयी भएपछि बाइडेनले मनछुने कुरा लेख्दै सेयर गरे यस्तो भिडिओ
Shares

प्रतिक्रिया