अमेरिकामा ६ राज्यले राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्न बाँकी छ। त्यसमध्ये जर्जिया राज्यले पुनः मतगणना गर्ने भएको छ।
१६ इलेक्टोरल मत रहेको जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्गरले पुनः मतगणनाको घोषणा गरे।
दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पबीच केही हजार मतको मात्रै फरक देखिने भएपछि पुनः मतगणना गर्नुपरेको उनको भनाइ छ।
४ हजार १६९ मत गन्न बाँकी हुँदा करिब १५ सय मतले बाइडेन अगाडि देखिएका छन्।
‘यतिबेला जर्जियामा नतिजा घोषणा गर्न नसकिने अवस्था छ। त्यति कम मतको फरक देखिएपछि यहाँ पुनः मतगणना हुनेछ,’ राफेनस्पर्गरले भने।
सुरुदेखि ट्रम्प अगाडि रहेको राज्यमा शुक्रबारबाट भने बाइडेनले अग्रता लिएका हुन्।
पेन्सलभेनियामा पनि हाल बाइडेन अगाडि देखिएका छन्।
प्रतिक्रिया