कोरोना संक्रमित भएर उपचाररत कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका छन्।
गजुरेलबारे सामाजिक सञ्जालमा विभिन्न हल्ला र अडकलबाजी हुन थालेपछि शुक्रबार राति ९ बजेर ५० मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा छोटो स्ट्याटस लेख्दै गजुरेलले स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद दिएका छन्।
उनले लेखेका छन्, ‘आराम छु आरामको कामना गर्दछु। हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।’
कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार गजुरेलको स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसीयूमा सारिएको हो।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए ।
आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।

प्रतिक्रिया