नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारले विपक्षी राजनीतिक दल र तिनका नेतालाई फाइल खोल्छु भन्दै धम्क्याउने काम गरिरहेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको सुरुमा बोल्दै अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालको सीमाको विषयमा बोलेको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताइन्।
उनले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना हुँदा उनले विपक्षी नेताका फाइल खोल्छु भनेर दिएको धम्कीको पनि विरोध गरिन्।
विपक्षी दलका सांसदले करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउँदा जेठ २८ गतेको संसद् बैठकमा अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र?’
‘फाइल खोल्ने धम्की दिने मात्रै होइन, त्यो दुरुन्तै खोलियोस्,’ उनले भनिन्, ‘सबैभन्दा पहिला टि स्टेटको पाइल खोलियोस्।यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन्। ति खोलियोस्। साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस्। यदि छानविन हुँदा प्रमाणित भएन भने उहाँले कठघरामा उभिने आँट पनि गर्नुपर्छ।’
प्रतिनिधि सभा बैठकमा सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले एमाले सांसद अर्याललाई बोल्न दिएका थिए।
Shares

प्रतिक्रिया