चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन्।
सोमबार बिहान खनालले अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। अवलोकनका क्रममा उनले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिए।
मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।
39
Shares

प्रतिक्रिया