राजनीति


नरवणेले भनेः नेपाली सेनाको मानार्थ महारथी पाउनु मेरा लागि निकै ठूलो सम्मान

नरवणेले भनेः नेपाली सेनाको मानार्थ महारथी पाउनु मेरा लागि निकै ठूलो सम्मान

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ८:५९,

नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन बुधबार नेपाल आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले सो पदवी पाउनु आफ्ना लागि निकै ठूलो सम्मानको विषय भएको बताएका छन्।

उनले आफ्नो भ्रमणले दुई मुलुकबीचको सैन्य सम्बन्ध थप प्रगाढ बनाउने पनि बताएका छन्।

‘नेपालको राष्ट्रपतिबाट ‘नेपाली सेनाको जर्नेल’ पदवीबाट सम्मानित हुन पाउनु मेरो लागि निकै ठूलो सम्मानको विषय हो,’ नरवणेको भनाइ समाचार एजेन्सी एएनआईले उधृत गरेको छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने शिष्टाचार भेटको अवसरका लागि पनि आफू कृतज्ञ रहेको बताएका छन्।

नेपाल र भारतबीच पछिल्लो समय सम्बन्ध चिसिएको समयमा नरवणेको भ्रमण हुन लागेको हो। यो भ्रमणलाई दुई मुलुकबीच टुटेको संवाद सुरु गर्ने अवसरका रुपमा उपयोग गर्न सकिने विश्लेषकहरुको भनाइ छ।

याे पनि: भारतले भन्यो- सेनाध्यक्ष नरवाणेको भ्रमणका बेला द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad