अष्ट्रियाको राजधानी भियनामा दुई बन्दुकधारी आतंकवादीको गोली प्रहारबाट चार सर्वसाधारणको ज्यान गएको छ।
प्रहरीको गोलीबाट एक आक्रमणकारीको मृत्यु भएको छ।
सोमबार साँझ दुई आक्रमणकारीले ६ फरकफरक स्थानमा सर्वसाधारणमाथि गोली चलाएका थिए।
आक्रमणपछि भागेका एक आतंकवादीको खोजीमा व्यापक प्रहरी परिचालन गरिएको छ।
गोली लागेका कम्ती ७ जना मानिसको ज्यान जोखिममा रहेको बताइएको छ। सो घटनामा १७ जना घाइते भएका थिए।
सो आक्रमण इस्लामिक आतंकवादीले गराएको गृहमन्त्री कार्ल नेहम्मरले बताएका छन्। एजेन्सी

प्रतिक्रिया