नेपालस्थित भारतीय दूतावासले भोलीदेखि हुन लागेको भारतीय सेनाध्यक्ष जनरल एमएम नरवाणेको नेपाल भ्रमण दुई देशबीचको रक्षा साझेदारीलाई थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ।
‘जनरल एमएम नरवाणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ दूतावासका प्रवक्ता नवीन कुमारले बताएका छन्, ‘भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई वृहत बनाउन थप संभावनाहरुकाे खोजि गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ।’
उनको भ्रमणका बेला नेपाली सेनाले नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ।
नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन छ।
गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।
याे पनि:
- भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु
- भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने निर्णय
प्रतिक्रिया