सबै भारतीय नागिरकले कस्मिरको जग्गा किन्न पाउने कानुन लागू भएको दुई दिनपछि कस्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन कार्यकर्ताको हत्या भएको छ।
कस्मिरको कुलगम जिल्लामा बिहीबार अतिवादीहरुले कारमा गोली प्रहार गरी ती तीन जनाको हत्या गरेका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सो हत्याको भर्त्सना गरेका छन्।
प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ। हालसम्म कसैले पनि हमलाको जिम्मेवारी लिएको छैन।
दुई दिनअघि मात्र नयाँ दिल्लीले हरेक भारतीय नागरिकले कस्मिरको जमिन किन्न पाउने कानुन लागू गरेको थियो।
गत वर्षसम्म अन्यत्र बसोबास गर्ने व्यक्तिले कस्मिरमा अचल सम्पत्ति किन्न पाउँदैनथे। एजेन्सी
प्रतिक्रिया