ad ad

राजनीति


अबदेखि जहाँ मास्क नलगाए हुनेछ २ वर्ष जेल सजाय

अबदेखि जहाँ मास्क नलगाए हुनेछ २ वर्ष जेल सजाय

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ०:१०,

कोरोना संक्रमण फैलिएयता धेरैजसो देशमा मास्क अनिवार्य गर्न थालिएको छ। त्यसका लागि कतिपय देशमा दण्डनीय नीति नै बनाउन थालिएकाे छ। 

यसै क्रममा इथोपियामा मास्क नलगागाउनेलाई २ वर्ष जेल सजाय हुने नयाँ कानुन जारी गरिएकाे छ। 

कोरोना संक्रमण रोक्ने महत्वपूर्ण उपाय भएकाे भन्दै त्यहाँकाे सरकारले मास्क अनिर्वाय गराएकाे हाे।

याे नियम पालना नगर्ने नागरिकलाई सचेत तुल्याउन दण्ड/सजाय व्यवस्था गरिएकाे इथोपियाले जनाएको छ ।

इथोपियाका महान्याधिवक्ताले सीएनएनसँग आपतकालीन अन्त्य घोषणा गरिए पनि मास्क लगाउन अनिवार्य गरिएको बताएका छन्। 

उनका अनुसार कुनै पनि नागरिकले हात मिलाउन र मास्क नलगाई सार्वजनिक स्थानमा घुमफिर गर्न पाउने छैनन्। सार्वजनिक स्थान वा होटललगायतका ठाउँमा बस्दा व्यक्ति-व्यक्तीबीच कम्तीमा ६ फिट दूरी कायम गर्नु पर्नेछ।

अफ्रिकी मुलुकमा दोस्राे ठूलो जनसंख्या भएको इथोपियाले गत अप्रिलमा कोरोना संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गरेको थियो। तर गत सेप्टेम्बरमा याे हटाएकाे थियाे। 

इथोपियामा हालसम्म ९१ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने १ हजार २ सय ८४ जनाको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .