अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुर सब डिभिजन वन कार्यालयका प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियार क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार कर्जन्हा नगरपालिका–४ बाट उनलाई सेवाग्राहीबाट घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेको हो।
कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने नाममा प्रमुख यादवले प्रति ट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेको अख्तियारको दाबी छ।
घुस मागेको भन्दै उद्योगीले अख्तियारमा गरेको उजुरीको आधारमा योजनाबद्ध रूपमा स्ट्रिङ अपरेसन सञ्चालन गर्दै घुस रकम लिइरहेकै क्रममा यादवलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Shares

प्रतिक्रिया