ad ad

समाज


यसपालि दसैंको टीका लगाउने उत्तम साइत कति बजे हो?

यसपालि दसैंको टीका लगाउने उत्तम साइत कति बजे हो?

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ०:४२,

बडादसैंअन्तर्गत आज (शनिबार) महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ।

भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

आइतबार अर्थात् कात्तिक १० गते भने दसैंको मुख्य दिन हो- विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने।

यस दिन देवी विसर्जनका लागि बिहान १० बजेर ११ मिनेटमा शुभ साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार टीका लगाउने उत्तम साइत भने बिहान १० बजेर १९ मिनेटमा छ। गृह मन्त्रालयले जारी गरेकाे अभिलेखमा पनि यही उल्लेख छ। 

तर कारणवश भनेकै साइतमा लगाउन नसक्नेले भने त्याे दिनभर नै टीका लगाउनु शुभ मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .