राजनीति


स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन प्रचण्डको अपील

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन प्रचण्डको अपील

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ११:३८,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चाडपर्व मनाउन सबैसँग आग्रह गरेका छन्।

शुक्रबार दसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको बताएका छन्।

उनले यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन म सबैमा अपील गरेका छन्।

‘नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वहरुले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्दछन्। यिनै चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पनि पु-याउँदै आएका छन्’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad