नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग आफ्नो भेट नभएको प्रस्ट पारेका छन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केही सञ्चारमाध्यममा आफूले रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेको भन्ने समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन्।
उनले आफूले रअका प्रमुखलाई भेटेको समचार झुट, कपोलकल्पित र भ्रामक भएको बताउँदै भ्रममा नपर्न समेत आग्रह गरेका छन्।
‘पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ’, नेपालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।
यसअघि वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपालले प्रमुख गोयलबीच भेट भएको भन्ने समाचार झुट, कपोलकल्पित र भ्रामक भएको बताएका थिए।
याे पनि : राती बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए
प्रतिक्रिया