ad ad

समाज


कक्षा १२ को परीक्षामा कोरोना संक्रमितलाई अलग्गै व्यवस्था

कक्षा १२ को परीक्षामा कोरोना संक्रमितलाई अलग्गै व्यवस्था

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ७:५९,

राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ संक्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ।

यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्तांकका लागि लिइनेछ। विद्यार्थीको २० प्रतिशत लब्धांक आन्तरिक मूल्यांकन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धांकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो। बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ।

लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो। कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .