ad ad

राजनीति


बाबुराम भट्टराई अध्यक्ष चयन भएकै दिन जसपाका केन्द्रीय नेताले त्यागे पार्टी, लगाए यस्तो आरोप

 बाबुराम भट्टराई अध्यक्ष चयन भएकै दिन जसपाका केन्द्रीय नेताले त्यागे पार्टी, लगाए यस्तो आरोप

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ३:५५,

जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्षमा डा.बाबुराम भट्टराई चयन भएकै दिन सो पार्टीका केन्द्रीय स्तरका एक नेताले पार्टी परित्यागको घोषणा गरेका छन्।

जसपाका केन्द्रीय स्तरका नेता राजाराम पासवानले मंगलबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। नवलपुरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन्।

सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी घर भएका पासवान मधेशवादी दल एकीकरण हुनुअघि राष्ट्रिय जनता पार्टी (राजपा) केन्द्रीय सचिव थिए।

मंगलबार जसपाको शक्तिशाली संघीय परिषद अध्यक्षमा भट्टराई चयन भएका थिए।

समाजवादी पार्टीसँग एकीकरण भएपछि भने पासावनको पदविहिन बनेका थिए। ‘चमार, मुसहरको बस्तीमा डोजर चल्दा, भोकले दलित मर्दा तथा हिरासतभित्रै मारिँदा, दलित चेली बलात्कृत हुँदा समेत केही नबोल्ने र पारिवारिक तथा जातिय स्वार्थ पूरा गर्ने पार्टीमा बस्न उचित नठानेर मैले जसपा परित्याग गरेको हुँ,’ नेता पासवानले पत्रकार सम्मेलनमा भने।

उनले मधेशवादी नेताहरुले मधेशी जनतालाई मधेश र मधेशीको नारामार्फत भुलभुलैयामा पारेर भजाउने काम मात्र गरेको आरोप लगाए।

‘मधेशी, दलित, जनजाती, मुस्लिम लगायत पिछडावर्ग समुदायको बलिदानीको जगमा राजनीति गर्नेले पदमा पुग्दा आफन्तलाई मात्रै काखी च्यापे,’ पासवानले भने, ‘पार्टीको कार्यकर्ता नै नरहेका तथा आफ्ना श्रीमति, भाइ, भतिजा, साला साली, सम्धी, सम्धीनीलाई अवसरहरु प्रदान गर्ने चरम नातावाद देखियो।’

जसपाले दलितलाई किरा फट्यांग्रा जस्तो मानेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

जसपाले पासवान, निषाद, विन, मलाह, कोइरी, कुम्हार, वरही, कानु, हजाम जस्ता मधेशी दलितलाई केवल भोट बैंक बनाएर राख्ने काम मात्रै गरेको भन्दै उनले अबको आफ्नो संघर्ष तमाम दलितसँगै आदिवासी, जनजाति, थारु र अति पिछडा वर्गको हकमा केन्द्रित हुने बताए।

 यो पनि  बाबुराम भट्टराई जसपा संघीय परिषद अध्यक्ष चयन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .