ad ad

समाज


नेपाली सेनाले भन्यो : जाडोमा कोरोना महामारी अझ बढ्ने देखिन्छ, व्यापक तयारीमा लागौं

नेपाली सेनाले भन्यो : जाडोमा कोरोना महामारी अझ बढ्ने देखिन्छ, व्यापक तयारीमा लागौं

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ३:१६,

नेपाली सेनाले जाडो महिनामा कोरोना भाइरसको संक्रमण अझ बढ्न सक्ने अनुमान गर्दै यसविरुद्धको तयारीलाई व्यापक बनाउनुपर्नेमा जोड दिएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरिरहेको सेनाले ‘वर्तमान प्रवृत्ति’ को विश्लेषण गर्दा र बढ्दै गरेको जाडोका कारण कोरोना महामारी अझ फैलिन सक्ने निष्कर्ष निकालेको हो।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंस्थित सैनिक मुख्यालय जंगी अड्डामा सम्पन्न ‘पृतनापति समन्वयात्मक बैठक’ काे समापनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले चिसो मौसममा कोरोना संक्रमण अझ बढ्ने उल्लेख गर्दै सबै पृतनालाई सरोकारवाला निकायसँग समन्वय गरी महामारीविरुद्ध तयारी गर्न निर्देशन दिएका हुन्।

महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन सल्लाह दिँदै प्रधानसेनापति थापाले कोरोना संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

बैठकमा जंगी अड्डामातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोरोना महामारीबाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुत गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ। 

विस्तृत कुरा तलकाे विज्ञप्तिमा-

senasu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .