ad ad

समाज


अमेरिकी अन्तरिक्ष यान ३० करोड किलोमिटरभन्दा टाढाको छुद्रग्रह छुन सफल

अमेरिकी अन्तरिक्ष यान ३० करोड किलोमिटरभन्दा टाढाको छुद्रग्रह छुन सफल

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ३:५५,

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले ३० करोड किलोमिटरभन्दा टाढा रहेको एउटा छुद्रग्रह छुन सफल भएको छ।

बीबीसीका अनुसार उक्त यानले ५ सय मिटर चौडा छुद्रग्रह बेनुसम्म पुगेर नमुना संकलन गरेको संकेत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको हो।

तर नासाको उक्त मिसनको ओसाइरिस रेक्स यानले वास्तविक रूपमै नमुना संकलन गरे नगरेको थाहा पाउन थप विवरणको प्रतिक्षा गर्नुपर्ने जनाइएको छ।

दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमुना संकलन गरेको ५। जुन २०२३ मा पृथ्वीमा आउनेछ।

अन्तरिक्षमा बेनु आदिम समयकै पिण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायनसम्बन्धी रोचक तथ्य फेला पार्न सकिने अपेक्षा गरिएकाे छ। 

नाशाका प्रशासक जिम ब्राइन्डेन्स्टाइनले चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढी नमुना ल्याइने जानकारी दिएका छन्।   

हेर्नुहोस्, उनले गरेको ट्विट- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .