ad ad

राजनीति


कार्ययोजनाअनुसार बजेट खर्च गर्न मुख्यमन्त्रीको निर्देशन

कार्ययोजनाअनुसार बजेट खर्च गर्न मुख्यमन्त्रीको निर्देशन

प्रकाश न्यौपाने
कात्तिक ४, २०७७ मंगलबार १५:३१,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्ययोजना अनुसार काम गरी विनियोजन भएको बजेट खर्च गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएका छन्।

बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरुसँग मंगलबार भएको भर्चुअल बैठकमा कोभिड—१९ को कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न उनले निर्देशन दिएका हुन्।

‘असहज अवस्थालाई सहज बनाउँदै काम गर्ने हो, समस्या पहिचान गरी समाधान गर्दै कार्ययोजना अनुसार काम हुनुपर्छ। यसतर्फ सबैले ध्यान दिनुहोस्’ उनले भने।

कार्ययोजना अनुसार काम गर्ने र बजेट खर्च गर्ने प्रणालीको विकास गर्न सक्दा आगामी दिनहरुमा सरकारका काम अझै प्रभावकारी हुने पोखरेलले बताए। उनले गत आबमा लुम्बिनी प्रदेशले ८० प्रतिशत पूँजीगत खर्च गरेको र अहिले त्योे भन्दा धेरै राम्रो गर्नुपर्नेमा जोड दिए।

उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क विरुवा वितरण गर्ने गरी अघि बढ्न निर्देशनसमेत दिए। विगतमा वृक्षारोपण अभियान अघि बढेको तर प्रदेशमा त्यो त्यति प्रभावकारी नभएकाले त्यसको कारण खोज्न र वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउनुपर्ने मुख्यमन्त्री पोखरेलले जोड दिए।

कोरोना संक्रमणले कतिपय मन्त्री र सचिव आइसोलेसनमा रहेकोले मन्त्री र सचिवहरुसँग भर्चुअल बैठक भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .