ad ad

कारोबार


एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल, सीईओमा चालिसे नियुक्त

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल, सीईओमा चालिसे नियुक्त

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १५:५४,

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विभोर कुमार अग्रवालले सपथ लिएका छन्। अग्रवालले मंगलबार कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरे।

गत असोज २२ गते बसेको सञ्चालक समितिको ८४ औं बैठकबाट अग्रवाललाई संस्थाको सञ्चालक नियुक्त गरिएको थियो।

नयाँ सञ्चालक अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको जनाएको छ।

त्यसैगरि मंगलबारबाट नै लक्ष्मण चालिसेलाई संस्थाले प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। चालिसे विगत १६ वर्षदेखि विभिन्न वाणिज्य बैकहरुको व्यवस्थापकीय पदमा कार्यरत रहेका छन्।

१६ वर्ष अगाडि नेपाल बैंक लिमिटेडबाट बैंकिङ क्यारियर शुरु गरेका चालिसे मिति २०६५/१२/०३ मा एन आई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा कार्य सुरु गरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्यरत छन्। लक्ष्मण चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ। आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

साथीसँगै सवल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .