ad ad

राजनीति


लुम्बिनी प्रदेशको निर्णय : मुख्यमन्त्रीदेखि स्थानीय प्रतिनिधिसम्म कसैलाई वितरण हुने छैन दसैँ भत्ता

लुम्बिनी प्रदेशको निर्णय : मुख्यमन्त्रीदेखि स्थानीय प्रतिनिधिसम्म कसैलाई वितरण हुने छैन दसैँ भत्ता

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ११:१३,

लुम्बिनी प्रदेशमा त्यहाँका मुख्यमन्त्रीदेखि स्थानीय प्रतिनिधिसम्म कसैलाई पनि चाडपर्व खर्च वितरण नगरिने भएको छ।

‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ। लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन्,’ सो प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताएका छन्, ‘त्यसअनुसार मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैं खर्च) नलिएको जानकारी गराउन चाहन्छु।’

सो प्रदेशमा अब मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार भएको पनि उनले जानकारी दिएका छन्।

स‌घीय संसद्का सांसदहरुले कोरोना महामारीबीच पनि दसैँभत्ता लिएको भनी सर्वत्र आलोचना भइरहेका बेला लुम्बिनी प्रदेशले सो प्रदेशमा त्यस्तो सुविधाको व्यवस्था नगरिएको जानकारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .