ad ad

समाज


चार करोड नाघ्यो कोरोना संक्रमितको संख्या, हालसम्म ११ लाख १५ हजारको मृत्यु

चार करोड नाघ्यो कोरोना संक्रमितको संख्या, हालसम्म ११ लाख १५ हजारको मृत्यु

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ११:१५,

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार आइतबारसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २३ हजार पुगेको छ।

कोरोनाका कारण हालसम्म ११ लाख १५ हजार ५९९ को मृत्यु भइसकेको छ भने पुरा संक्रमितमध्ये हालसम्म २ करोड ९९ लाख ३४ हजार उपचारपछि स्वस्थ बनेका छन्।

कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७८० व्यक्ति सङ्क्रमित रहेका छन्।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ। अमेरिकामा हालसम्म दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ।

कोरोनाको संक्रमण देखिएको १० महिना पुगिसक्दा पनि यो नियन्त्रणमा आउन सकेको छैन। हाल विश्वभर यस भाइरसको खोप विकास भइरहेका छन्।

अमेरिका, चीन, रुस, बेलायतजस्ता देशमा कोरोनाको खोप अन्तिम चरणको परीक्षणमा पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .