राजनीति


कर्णाली प्रदेशमा नेकपाकै सांसदद्वारा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

कर्णाली प्रदेशमा नेकपाकै सांसदद्वारा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेपालखबर
असोज २५, २०७७ आइतबार ८:१२,

कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएका छन्।

स्रोतका अनुसार अहिले २ बजे सत्तारुढ दल नेकपाकाे संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हो।

प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्।

उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।

साे प्रदेश सभामा रहेका कूल ३३ जना नेकपाका सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हो।

कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।

उनीहरुले अविश्वासको प्रस्ताव पार्टीका प्रमुख सचेतक गुलाबजंग शाहलाई समेत बुझाइसकेका छन् ।

Karnali-letter-1.jpg

Karnali-letter-2.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad