समाज


भक्तपुरका गेस्ट हाउसमा प्रहरीको छापा, अनैतिक क्रियाकलापमा संलग्न १४ जना पक्राउ

भक्तपुरका गेस्ट हाउसमा प्रहरीको छापा, अनैतिक क्रियाकलापमा संलग्न १४ जना पक्राउ

नेपालखबर
असोज २५, २०७७ आइतबार ८:१८,

महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेस्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेस्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ।

ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेस्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेस्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad