ad ad

राजनीति


परराष्ट्र सचिवमा पाैड्याल नियुक्त, यसरी पुगे मन्त्रालयकाे प्रशासनिक नेतृत्वमा

परराष्ट्र सचिवमा पाैड्याल नियुक्त, यसरी पुगे मन्त्रालयकाे प्रशासनिक नेतृत्वमा

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ६:१,

सरकारले परराष्ट्र सचिवमा भरतराज पाैड्याललाई नियुक्त गरेको छ।

शुक्रबारकाे मन्त्रिपरिषद् बैठकले सहसचिव पाैड्याललाई सचिवमा बढुवा गरेकाे हाे।

यसअघि मन्त्रालयका प्रवक्ता रहेका पाैड्याल राष्ट्र संघ (यूएन) डिभिजनको प्रमुख रहिसकेका छन्। त्यसअघि उनी पाकिस्तानका लागि नेपाली राजदूत थिए।

गतसाता परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि रिक्त पदमा पाैड्याललाई बढुवा गरिएकाे हाे।

उनले सचिवकाे रुपमा शुक्रबार बिहान कार्यभार सम्हालिसकेका छन्।

Secretary BharatPaudel

सचिव पद रिक्त भएसँगै प्रवक्ता पाैडेललाई निमित्त सचिव बनाइएकाे थियाे।

स्याङ्जाको चिलाउनेबासमा २०२३ सालमा जन्मिएका पौड्याल २०४४ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

२०४९ मा शाखा अधिकृत बनेका उनी एक दशकपछि खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको उपसचिव बनेका हुन्।

पौड्यालले जेनेभास्थित नेपाली स्थायी नियोगको मिसन उपप्रमुखको जिम्मेवारी सम्हालेका थिए।

२०६६ को अन्त्यतिर उनी पुन: प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन्।

प्रवक्तामा लम्साल

याेसँगै परराष्ट्र मन्त्रालयले सहसचिव सेवा लम्साललाई मन्त्रालयको प्रवक्ता तोकेको छ।

उनी पाकिस्तानका लागि नेपाली राजदूतकाे कार्यकाल सकी हालै फिर्ता भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .