भारतीय अभिनेत्री सना खानले फिल्मी क्षेत्र छाड्ने घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू फिल्मी क्षेत्रबाट टाढा हुन लागेको जानकारी दिएकी हुन्।
‘बिगो बोस–६’ बाट चर्चामा आएकी उनी मोडल र नतर्की पनि हुन् । उनले आफ्नो करियरको सुरूवात मोडलिङबाट गरेकी उनले पछि विज्ञापन र चलचित्रहरूमा पनि काम गरिन्। उनले हालसम्म ५ भाषाका १४ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।
‘यही है हाई सोसाइटी’बाट २००५ मा बलिउड डेब्यू गरेकी सनाले ‘बम्बै टु गोवा’‘धन धना धन गोल’, ‘हल्ला बोल’, ‘जय हो’ जस्ता चलचित्रमा अभिनय गरेकी छन्।
उनले आफू फिल्मी दुनियाँ छाडेर मानव सेवामा लाग्ने बताएकी छन्।
‘आज म तपाईंसँग मेरो जीवनको महत्वपूर्ण मोडमा कुरा गर्दैछु। म वर्षौं देखि फिल्म उद्योगमा जीवन बिताउँदै छु र यस अवधिमा सबै प्रकारको प्रसिद्धि, सम्मान र धन मेरो प्रियजनहरुका कारण सम्भव भयो। त्यसका लागि लागि म उनीहरुप्रति आभारी छु’, इन्स्टाग्राममा सनाले लेखेकी छन्, ‘तर, केही दिनदेखि मलाई यस्तो महसुस हुँदैछ कि यस संसारमा मानिस आउनुको अर्थ केवल उसले सम्पत्ती र नाम कमाउँनु मात्रै हो त? के उसको कर्तव्य गरिब र असहायहरूका लागि आफ्नो जीवन व्यतीत गर्नु होइन? के मान्छेले कुनै पनि बेला मृत्यु आउँछ भनेर सोच्न जरुरी छैन र? मरेपछि उ के बन्ने वाला छ?’
फिल्म उद्योग छोड्ने घोषणा गर्दै सनाले मानवताको सेवा र आफ्नै निर्णयको बाटमा हिँड्ने घोषणा गरेकी छन्। उनले आफ्नो यस निर्णयमा कुनै प्रकारको दबाब नदिन पनि सबैमा आग्रह गरेकी छन्।
यसअघि ‘दंगल’की अभिनेत्री जायरा वसीमले फिल्मी क्षेत्र छाड्ने घोषणा गरेकी थिइन्।
प्रतिक्रिया