सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज (आइतबार)का लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका तीन जना सल्लाहकार, एक स्वकीय सचिव र ठूलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए।
‘आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ', ती सचिवालय सदस्यले नेपालखबरसँग भने, 'प्रधानमन्त्री ओलीको सचिवालयका केही सदस्यलाई कोरोना भएपछि प्रधानमन्त्री क्वारेन्टाइनमा बस्नु भएकोले बैठक स्थगित गरिएको हाे।’ ।
प्रधानमन्त्री नै क्वारेन्टिनमा बसेपछि तत्काल सचिवालय बैठक सम्भव नभएको बताइएको छ।
यसअघि शनिबारका लागि तय भएको बैठक आइतबार दिउँसो ४ बजेका लागि सारिएको थियो।
याे पनि: प्रधानमन्त्रीका तीन सल्लाहकार र एक स्वकीय सचिवमा काेराेना संक्रमण

प्रतिक्रिया