खेल


इन्डियन प्रिमियर लिगका खेलाडीलाई घुसको अफर, बीसीसीआई छानबिन गर्दै

इन्डियन प्रिमियर लिगका खेलाडीलाई घुसको अफर, बीसीसीआई छानबिन गर्दै

नेपालखबर
असोज १८, २०७७ आइतबार ७:३३,

हाल कोरोना भाइरसका कारण सहज परिस्थिती नभएपछि आईपीएल युएईमा आयोजना गरिएको छ।

यस्तो परिस्थितीमा खेलाडीलाई प्रत्यक्ष भेट्न नसकेपछि अनलाईन मार्फत अपरिचित मानिसले आईपीएल खेल्ने एक खेलाडीलाई घुसको अफर गरेको बीसीसीआईले उल्लेख गरेको छ।

बीसीसीआईको एन्टी करप्सन युनिटले यतिबेला यस घटनामा अनुसन्धान थालेको पनि जानकारी दिएको छ।

एन्टी करप्सन युनिटका प्रमुख अजित सिंहल यतिबेला आठ जना सम्मिलित टोलीको नेतृत्व गरिरहेका छन् जसले यस घटनामा अनुसन्धान गरिरहेको छ।

राजस्थानका पूर्व डीजीपीसमेत रहेका सिंहले पीटीआईसँग भनेका छन्,‘हामीले घुसको अफर गर्नेलाई ट्र्याक गरेका छौं। केही समय लाग्नेछ।’

गोपनीयताको लागि भन्दै कुन खेलाडीलाई घुसको अफर गरिएको हो भनेर खुलाइएको छैन।

खेलाडीकै सूचनाका कारण यस घुसको प्रस्तावको विषयमा बीसीसीआईले जानकारी पाएको बताइएको छ। इएसपीएन क्रिक इन्फो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad