राजनीति


‘चीनका कारण कम्बोडियाले अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्कायो’

‘चीनका कारण कम्बोडियाले अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्कायो’

नेपालखबर
असोज १७, २०७७ शनिबार ११:५७,

अमेरिकी थिंक ट्यांक संस्थाले शुक्रबार तस्बिरहरु सार्वजनिक गर्दै कम्बोडियाले अमेरिकी सहयोगमा बनेको संरचना भत्काएको जनाएको हो।

कम्बोडियाको नौसेनाको बेसहरुमा चिनियाँ पहुँच बढ्दै गएको समयमा अमेरिकाले यस विषयालाई चासोका साथ हेर्दै आएको छ।

यसबीचमा अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्काइएका हुन्। अमेरिका यस कार्यबाट सन्तुष्ट छैन।

अमेरिकास्थित थिंक ट्यांक संस्था द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज सीएसआइएसका अनुसार कम्बोडियाको सरकारले गत महिना रिम नाभाल बेसमा अमेरिकाले बनाएको संरचनाहरु भत्काएको हो।

Cambodian soldiers stand at Ream Naval Base in Preah Sihanouk province in July 2019. Photo: EPA

गतवर्ष पनि अमेरिकी रक्षा मन्त्रालयले कम्बोडियालाई अमेरिकी सहयोगमा बनेका संरचनाहरु किन मर्मत नगरेको भनेर प्रश्न गरेको थियो। अमेरिकाले संरचना मर्मत खर्च व्यहोर्ने बताउँदा समेत त्यस विषयमा कम्बोडियाले कुनै प्रतिक्रिया दिएको थिएन।

हाल पनि अमेरिकी सहयोगमा बनेको कम्बोडियाको नौसेनाको हेडक्वार्टर किन भत्काएको भनेर अमेरिकाले प्रश्न गरिरहेको छ। अमेरिकास्थित कम्बोडियाको दूतावासले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

अमेरिकी अधिकारीहरुले चिनियाँ सेनासँगको गोप्य सहमतिअनुसार नै कम्बोडियाको सरकारले अमेरिकी सहयोगमा बनेका संरचना भत्काएको आरोप लगाएका छन्।

यस विषयमा कम्बोडियाले कुनै पनि विदेशी सेनालाई स्वागत गर्ने कार्य आफ्नो संविधान विपरित भएकाले त्यस्तो आफूले कहिल्यै नगर्ने बताएको छ।

कम्बोडिया चीनको नजिकको सहयोगी राष्ट्र मानिन्छ। यस देशले चीनबाट अरबौं डलर सहयोग प्राप्त गरिसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad