समाज


चितवनमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, सात घाइते

चितवनमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, सात घाइते

नेपालखबर
असोज १७, २०७७ शनिबार १२:२०,

चितवनमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ ह ४४७ नंको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना५०प ४५५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए। मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए। उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad