राजनीति


मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयबारे बालुवाटारमा ओली-प्रचण्ड छलफल

मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयबारे बालुवाटारमा ओली-प्रचण्ड छलफल

नेपालखबर
असोज १२, २०७७ सोमबार ६:४१,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो।

गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेकाे छ। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघनरुपमा भइरहेको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad