उदयपुर रौतामाई–२ बस्ने ५५ वर्षीया लुङगेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ।
आइतबार राति ८ बजे माइती घरबाट फर्किने क्रममा सोही स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनी बगेकी थिइन्।
झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछि झारीमा अड्केको अवस्थामा उनको शव फेला परेको थियो। स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रतिक्रिया