ad ad

राजनीति


साझा युवा संगठनको प्रदेश ५ संयोजकमा बेल्वासे

साझा युवा संगठनको प्रदेश ५ संयोजकमा बेल्वासे

नेपालखबर
असोज १०, २०७७ शनिबार १४:०,

साझा युवा संगठन प्रदेश ५ को संयोजकमा रुपन्देहीका शिवराज बेल्वासे चयन भएका छन्।

साझा पार्टीको साझा युवा संगठन विस्तार अभियानअन्तर्गत प्रदेश ५ साझा युवा संगठन समिति घोषणा गरिएको साझा युवा संगठनका संयोजक अब्दुश मियाँले जानकारी दिए।

शनिबार भर्चुअल कन्फ्रेन्समार्फत ४९ सदस्यीय प्रदेश समिति घोषणा गरिएको हो।

प्रदेश समिति सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधीर ओली, दिपेन्द्र ओली, प्रशान्त ओली, डीएस खड्का, तुलसी चौधरी, कपिलवस्तुका अरुन बहादुर कार्की, दिपक बेल्वासे, घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुसाल, सागर पाण्डे, हिमाल क्षत्री, अनन्त अग्रहरी, मणि भुसाल, बाबुराम क्षत्री, शिशिर पाण्डे, रीतु ज्ञवाली, पूजा पाण्डे, डिलकुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली, पार्वता भुसाल छन्।

यस्तै, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल, गोकर्ण नेपाली, युवराज लम्साल, सन्दीप पन्थी, सन्दीप बिके सुनार, अर्घाखाँचीका अशोक आचार्य, उज्वल बन्जाडे, दिनेश पाण्डे, चन्द्र रेग्मी, रीता भुसाल, आशिका अधिकारी, बाँकेका अंकित श्रीवास्तव, बसन्त पराजुली, परासीका सवीर अलाम अन्सारी, आदित्य यादव, मनोज शर्मा, प्यूठानका बिपिन गिरी, धुर्व थापा, रोल्पाका सुनिल पोख्रेल, झक्कु प्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सीराम ओली, बर्दियाका तीर्थराज जैसी, उमेशराज थापा र पाल्पाका बाबुराम कोइराला छन्।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको प्रदेश संयोजक मियाँले बताए।

सबै जिल्लाका युवा प्रतिनिधिहरु समेटेर बनेको प्रदेश समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाउनेमा आफू ढुक्क रहेको उनले बताए।

सबै युवाहरूलाई नेतृत्व विकास र आत्मनिर्भर बनाउनका लागि आफ्नो विशेष भूमिका रहने नवगठित संगठनका प्रदेश संयोजक बेल्बासेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .