राजनीति


बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित

नेपालखबर
असार २३, २०८३ मंगलबार १२:५६, काठमाडौँ

बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि सार्वजानिक लेखा समितिको बैठक स्थगित भएको छ। 

मंगलबार बिहान बसेको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने कार्यसूची थियो। तर उपसिमितिको संयोजक चयनमा विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको हो। 

सार्वजनिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्ने लागेको छ। अर्थ सुशासन उपसिमिति, राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानज पूँजी उपसमिति र  सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति छन्। 

सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाबी गरेपछि विपक्षी दलले विरोध गरेका हुन्। बिहान स्थगित गरिएको लेखा समितिको अर्को बैठक आजै दिउँसो ३ बजे बस्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad