राजनीति


राष्ट्रिय सभामा जवाफ दिन जाँदै गृहमन्त्री सुधन गुरुङ

राष्ट्रिय सभामा जवाफ दिन जाँदै गृहमन्त्री सुधन गुरुङ

फाइल फोटो


नेपालखबर
असार २३, २०८३ मंगलबार १२:४, काठमाडौँ

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो सवा १२ बजेको लागि बोलाइएको छ।  

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित ८ मन्त्रीले बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। 

संसद् सचिवालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

त्यसैगरी आजको बैठकमा रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयमाथिको प्रश्नको जवाफ पनि आजै प्रस्तुत हुनेछ। 

हेर्नुहोस् आजको कार्यसूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad