ad ad

खेल


म्यानचेस्टर यूनाइटेडको नाटकीय जित

म्यानचेस्टर यूनाइटेडको नाटकीय जित

नेपालखबर
असोज १०, २०७७ शनिबार १५:२९,

इङ्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर यूनाइटेडले ब्रिघटनमाथि ३-२ को नाटकीय जित हात पारेको छ।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपनि थपिएको समयमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै यूनाइटेडले यस सिजनको पहिलो जित हात पारेको हो।

अनफिल्ड रेफ्रीले खेल सकिएको सिठ्ठी फुकि सकेपछि भिडियो एसिसेन्ट रेफ्री(भार)ले दिएको पेनाल्टीको निर्णय यूनाइटेडलाई बरदान सावित भयो।

निल माउपेले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि भारको सहयोगमा दिइएको पेनाल्टीमा बुन्रो फर्नान्डिजले निर्णायक गोल गरेका थिए। 

त्यसअघि निर्धारित ९० मिनेटमा २-१ ले अघि रहेपनि थपिएको समयमा सम्हालिन नसक्दा यूनाइटेडले बराबरी गोल ब्यहोरेको थियो। थपिएको पाँचौं मिनेटमा ब्रिघटनका अलिरेज जहानकोबाकेसको क्रसमा सोल्ली मार्चले हेडर गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए। 

खेलको ४०औं मिनेट निलले पेनाल्टीमार्फत गोल गर्दै ब्रिघटनलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटमा लुइस डुंकले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो।

५२औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपनि भारले मान्यता दिएको थिएन। लगत्तै मार्कुले नै ब्रुनोको पासमा गोल गर्दै यूनाइटेडलाई २-१ को अग्रता दिलाएका थिए।

तर इन्जुरी समयमा सोल्लीको गोलसँगै बराबरीमा आएको खेललाई ब्रुनोले चिठ्ठी फुकेपछि प्रहार गरेको पेनाल्टीमा गोल गर्दै यूनाइटेडलाई जित दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .