मंगलबार चिनियाँ रक्षा मन्त्रालयले दुई देशबीच विवादित क्षेत्रमा सेना तैनाथ नगर्ने सहमति भएको जानकारी दिएको हो।
सोमबार मात्र दुई देशबीच छौठौंपटक सीमा विवाद कम गर्ने विषयमा कमाण्डरस्तरीय वार्ता भएको थियो। सोही वार्तामा विवादित क्षेत्रमा सेना तैनाथ नगर्ने सहमति भएको मन्त्रालयको भनाइ छ।
उक्त वार्तामा दुवै देशले सीमा विवादलाई जटिल बनाउने कार्य नगर्ने पनि वाचा गरेका छन्। उनीहरुले चाँडै सातौं चरणको कमाण्डरस्तरीय वार्ता गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।
चीन र भारत दुवैले एक–अर्कालाई सिमानाको सवालमा द्विपक्षीय सम्झौताको उल्लंघन गरेको र सीमा क्षेत्रहरुमा शान्ति र स्थायित्वलाई ह्रास गरेको आरोप लगाउँदै आएका छन्। सीजीटीएन

प्रतिक्रिया