काठमाडौंका विभिन्न स्थानमा बालबालिकाका कानका मुन्द्रा लुट्ने महिला पक्राउ परेकी छन्।
म्याग्दी घर भई बालाजुमा डेरा गरी बस्ने ३२ वर्षीया संगिता क्षेत्रीलाई महानगरीय प्रहरी बृत्त वौद्धले माकलवारीबाट पक्राउ गरेको हो।
उनले हालसम्म २२ स्थानमा बालबालिकाका मुन्द्रा लुटेर भागेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिं राठौरले बताए। उनले बालबालिकालाई चकलेट, आइसक्रिम दिएर आमाको साथी हुँ भन्दै प्रलोभनमा पार्ने र नभए डर त्रासमा पारेर लुट्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनले लुटेका मुन्द्रा खरिद गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ। लुटिएका सुनका मुन्द्रा खरिद गर्ने ३० वर्षीय मुरली विक पनि पक्राउ परेका छन्। काभ्रे घर भएका विक ललितपुरको सौगलमा डेरा गरी बस्थे। आफ्नै सुनचाँदी पसल भएका विक सस्तोमा गहना खरिद गर्ने र नयाँ गहना बनाएर बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनको पसलबाट प्रहरीले चुटिएको सुनको सिक्री र गालेको गरी १ सय २३ लाल सुन बराबद गरेको छ।
ती महिलाले हालसम्म मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा, स्युचाटार, गोठाटार, पानी ट्याङ्की, महांकाल ओरालो, आरुबारी, शिवचोक, नारायणटार र मिलनचोकका २० बालबालिकाका अविभावकले मुन्द्रा लुटेको गुनासो प्रहरीमा गरेका थिए।

प्रतिक्रिया