आफूविरुद्ध जारी पक्राउ पुर्जी बदरको माग गर्दै नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
उनीविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेर पक्राउ पुर्जी जारी भएको छ। सो बदरको माग गर्दै उनी मंगलबार सर्वोच्च पुगेका हुन्।
कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित शाहविरुद्ध कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।
कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि भएको सामूहिक आक्रमणमा उनी जोडिए पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेपछि कपिलवस्तु प्रहरीले जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको छ।
144
Shares

प्रतिक्रिया