कारोबार


सहकारीमा १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरको शर्त लागू हुने

सहकारीमा १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरको शर्त लागू हुने

नेपालखबर
असोज ७, २०७७ बुधबार ७:६,

सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरको शर्त लागू हुने बताएका छन्।

सहकारी पत्रकार समाजसँगको अन्तर्क्रिया कार्यक्रममा पाण्डेले कुनै सहकारी संस्थाले कुनै सन्दर्भ ब्याजदर लागू नभए कारबाही हुने बताएका छन्।

सन्दर्भ ब्याजदर निर्धारण समितिले असोज ५ गते कात्तिक १५ देखि लागू हुने गरी १४.७५ प्रतिशत अधिकतम ब्याज लिन पाउने निर्णय गरेको थियो।

सहकारीमा सन्दर्भ ब्याजदर गत वर्षबाट लागू भएको थियो। गत वर्ष १६ प्रतिशत ब्याजदर निर्धारण गरिएको थियो।

रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर लागू हुँदा सहकारीमा लागेका साधारण सदस्यको जित भएको बताए।

‘सन्दर्भ ब्याजदर निर्धारण गर्दा कसले जित्यो कसले हा¥यो भन्दा पनि सबै सहकारी आबद्ध सदस्यको जित भएको छ’, पाण्डेले भने, ‘सन्दर्भ ब्याजदर लागू नभएको कुनै प्रमाण देखाए कारबाही हुन्छ।’

केही सहकारीले सन्दर्भ ब्याजदर तोक्दा गत वर्ष विरोध जनाएका थिए। खुल्ला अर्थतन्त्रअनुसार सहकारीलाई आफैँ ब्याजदर तोक्न दिनुपर्ने बताउँदै आएका थिए।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको अध्यक्ष मीनराज कँडेलले सहकारी सन्दर्भ ब्याजदर निर्धारणको आधार परिवर्तन आवश्यक भएको बताए। उनले सहकारी नियमावली संशोधन गरी सन्दर्भ ब्याजदरलाई बेस रेट मानेर अघि बढ्नुपर्ने बताए।

‘अहिले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर ठीकै छ। यसको कार्यान्वयनमा नियामक निकाय र सहकारी अभियानसँगै जानुपर्छ’, उनले भने, ‘अहिले घटेको ब्याजदर फेरि बढ्न पनि सक्छ। अन्य वित्तीय संस्थाको आधारमा बढ्न पनि सक्छ।’

उनले सन्दर्भ ब्याजदर ‘क’ वर्गका राष्ट्रिय बैंकको ब्याजदरलाई मात्रै आधार नभई विकास बैंक, लघुवित्तको ब्याजदरलाई आधार मानेर ब्याजदर तोक्नुपर्ने बताए।

मौद्रिक नीतिले लघुवित्तको अधिकतम ब्याजदर १५ प्रतिशत मात्रै हुने बताएको छ। कोभिड १९ को कारण तरलता अभाव हुने अनुमान गरिए पनि उद्योग व्यवसाय सुचारु हुन नसक्दा तरलता बढिरहेको छ। जसले सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad