राजनीति


भारत-चीन सीमा विवाद : लद्दाखमा फेरि चल्यो २ सय राउन्ड गोली

भारत-चीन सीमा विवाद : लद्दाखमा फेरि चल्यो २ सय राउन्ड गोली

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ३:५३,

भारतका विदेशमन्त्री एस जयशंकर र उनका समकक्षी चीनका विदेशमन्त्री वाङ यीबीच यही सेप्टेम्बर १० मा रुसमा सम्झौता हुनुअघि दुई देशको सीमा क्षेत्र लद्दाखमा २ सय राउन्ड गोली चलेको भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसले जनाएको छ।

पेन्गोङ त्सो तालनजिकै दुई देशका सैनिकले सय-दुई सय राउन्ड गोली चलाएको इन्डियन एक्सप्रेसले लेखेको छ। जुन फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब सेक्टरमा भएको फायरिङभन्दा बढी चर्काे थियो।

घटनाबारे पूरै जानकार एक सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘घटना पेङगोङ त्सो तालनजिकै उत्तरी किनारमा भएको हो। दुवै पक्षबाट १००–२०० राउन्ड गोली चलेका थिए।’

यसअघि सेप्टेम्बर ७ मा चुसुल सब सेक्टरमा भएको फायरिङका विषयमा दुवै देशले प्रेस विज्ञप्ति जारी गरेका थिए। जुन ४५ वर्षयताको पहिलो फायरिङ भएकाे उल्लेख गरेका थिए। 

त्यसपछि फेरि पेङगोङ त्सोको उत्तरी किनारमा भएको याे फायरिङबारे भने दुवै देशले अहिलेसम्म कुनै जानकारी दिएका छैनन्। तर यो फायरिङ सेप्टेम्बर ७ मा चुसुल सब सेक्टरमा भएको फायरिङभन्दा बढी गम्भीर रहेको खबर आजको इन्डियन एक्सप्रेसले पहिलो पृष्ठमा खबर छापेको छ।

त्यसअघि गत जुन १५ मा भएकाे झडपमा २० भारतीय सेना मारिएका थिए। त्यसबेला चीनतर्फ पनि ‘ठूलाे क्षति’ भएकाे भनेर भारतले दाबी गरिरहेकाे भए पनि यसकाे आधिकारिक पुष्टि अझै हुन सकेको छैन। चीनले यसबारे अहिलेसम्म केही बताएको छैन।

त्यसपछि दुई देशका सेनाबीच पटकपटक वार्ता गरेर सीमामा शान्ति कायम गर्ने सहमति भए पनि फेरि केही दिनयता दुई पक्षबीच तनाव बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad